बाँके,जेठ २५ गते । संसारमा मानिस विभिन्न कारणले चर्चा पाइरहेका हुन्छन् । चर्चा पाउनु पनि खुबी हुनुपर्छ । कसैले जन्मदेखि नै खुबी लिएर जन्मिन्छन्, कोही यही धर्तीमा जन्म लिएपछि कर्मकै आधारमा खुबी बनाउँछन् र चर्चा पाउँछन् ।

यस्तै एक खुबी लिएर जन्मिएकी युवती छिन् । उनी नर्स हुन् । उनकोमा उपचारका लागि आउने बिरामी महिलाको तुलनामा पुरुष धेरै हुन्छन् । ताइवानको एक अस्पतालमा पुरुष बिरामीको थेगी नसक्नु भीड लाग्ने गर्छ । यो भीड ती युवतीको खुबी भन्दा पनि उनको रुप हेर्नेको भीड लागेको मान्न सकिन्छ । यो अस्पतालमा २३ वर्षीया नर्स केरिना लिनसँग उपचारका लागि आउने पुरुष दिनप्रतिदिन बढ्दै गएको छ ।

यहाँ पुरुष बिरामीको भीड लाग्नुको कारण भने बेग्लै छ । ती नर्स विश्वकै ‘सेक्सी नर्स’ को उपमा पाएकी छन् । तिनै सेक्सी नर्स हेर्न र उनैसँग उपचारका लागि पुरुषहरु आउने गरेका हुन् । लिन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकी छन् ।

उनको सेक्सी शरीरका कारण अस्पतालमा भीड बढेको हो । उनी इन्स्टाग्राममा पनि उत्तिकै लोकप्रिय छिन् । उनका फ्यान फलोइङ पनि उत्तिकै छ । ब्रिटिस अनलाइन पोर्टल द सन, डेलीमेललगायत विभिन्न अन्तराष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरिसकेका छन् ।

(स्राेत लाइभपाटी)