पाँचथर ३० बैसाख २०७६

जिल्लाको हिलिहाङ गाउँपालिका मा एक किशोरी मृत फेला परेकी छन् . पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ४ पंचमी स्थित कार्तिके भन्ने स्थानमा स्थानीय १५ बर्षिया किशोरी शितल योङहाङको गएराती शव फेला परेको छ । घरबाट १० मिनेट टाढा खोल्सी छेउमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले बताए।

अहिले उनको पोष्टमार्टमको तयारी भइरहेको उनले बताए । घटना कसले गर्यो भन्ने अहिले सम्म पत्ता नलागेको हुँदा खोजी कार्य भइरहेको उनले जनाकारि दिए ।