मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
भाग्यले विभिन्न अवसर जुराउनेछ । आँटेको काम पुरा हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बन्न लागेको काम विग्रिनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल हाम्रो पात्रो