ग्यास विस्फोट हुँदा घाइते डा. चन्द्र भण्डारी आमा छोरालाई थप उपचारका लागि भारत लैजान सिफारिस

नेपाली कांग्रेस सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।

कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचार संभव नभएपछि र अझ राम्रो उपचारको लागि कांग्रेस नेताहरु र चिकित्सकको सामूहिक छलफलपछि भारत लैजान चिकित्सकले सिफारिस गरिएको हो ।

डा। भण्डारीको २५ प्रतिशत शरिरको भाग जलेको छ । उहाँकी आमाको ७० प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

फोक्सोमा असर परेकाले थप खतरा बढ्ने डरले पनि भारत लैजान सुझाईएको पत्रकार जिवन भण्डारीले बताउनुभयो तर घाइते भण्डारीले भने भारत नगएर यहि उपचार गराउने इच्छा व्यक्त गर्नुभएको छ ।

गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । सधै घरमा सबै परिवार हुने गरेको तर हिजो साँझ भने भण्डारी आमाछोरा मात्रै घरमा थिए । आमाले ग्यास बन्द गर्न बिर्सिएका कारण विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार