केपी ओलीलाई बालेनको जवाफः सुकुम्बासीलाई भोट बैंक मात्रै बनाउनुहुन्छ ?

केपी ओलीलाई बालेनको जवाफः सुकुम्बासीलाई भोट बैंक मात्रै बनाउनुहुन्छ ?

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले एमाले अध्यक्ष केपी शर्माको जवाफ फर्काउनुभएको छ ।

आज दिउँसो ओलीले सुकुम्वासी बस्तीमा डोजर लगाउन खोजेर तमासा गरेको भन्दै सुकुम्बासीले भोगेका ३२ वटा जाडो नदेखेको आरोप लगाएपछि मेयर शाहले आफ्नो सामाजिक सञ्जालमा त्यसको जवाफ फर्काउनुभएको हो ।

बालेनले फर्काउनुभएको जवाफः

सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीज्यू,

अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौँ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईँको धारणा थाहा पाएँ । तपाईँबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन ।

मन्त्री र पटक पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् ।

तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईँको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।

तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार