निर्वाचनपछि खुलेको शेयर बजार ७ अंकले घट्यो

निर्वाचनपछि आज खुलेको शेयर बजारमापक नेप्से परिसूचक सामान्य घटेको छ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अङ्कले ओरालो लागेर १९२९.७० को विन्दुमा रोकिएको हो ।

आज ५२ कम्पनीका स्क्रिप्टको मूल्य बढेको छ भने १३२ कम्पनीको स्क्रिप्टको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य कुनै परिवर्तन नभएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

आज १ अर्ब ३५ करोड २८ लाख रुपैयाँमा ३७ लाख ६३ हजार कित्ता सेयर कारोबार भएका छन् । घटेको बजारमा पनि जानकी फाइनान्स, खप्तड लघुवित्त, धौलागिरि लघुवित्त सयपत्री हाइड्रो, सिद्धार्थ इक्वीटीका लगानीकर्ताको सम्पत्ति भने बढेको छ ।

नेपाल बैंकको सेयरको सबैभन्दा बढी कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार