
पाँचथर ।। पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ ।
हाल सम्म ८ हजार ५ सय ९५ मत गणना सम्पन्न हुदाँ भीष्मराज आङदेम्बे २ सय ६३ मतान्तरले अगाडी छन् ।
पञ्चकन्या आवी मिक्लाजुङ ५, जलपा आवी फाल्गुनन्द ४ ख र सरस्वती आवी तुम्बेका १ क को मतगणना सम्पन्न हुँदा आङदेम्बेको मतान्तर २ सय ६३ पुगेको हो ।
यो भन्दा अगाडिको परिणाममा आङदेम्बे ३२ मतले अगाडी थिए । हाल सम्म प्राप्त मत अनुसार आङदेम्बेको ३ हजार ७ सय ७४ र नेम्वाङको ३ हजार ५ सय ११ मत प्राप्त भएको छ ।