पाँचथर, पाँचथरमा जारी मतगणनामा प्रतिनिधि सभा सदस्य पदमा भीष्मराज आङदेम्बे र बसन्त कुमार नेम्वाङ विचको प्रतिष्पर्धा रोमाञ्चक बन्दै गएको छ ।
खसेको मतको करिब ९ प्रतिशत मत गणना भैसक्दा नेम्वाङ पुन १३ मतले अगाडी बढेका हुन् । यो भन्दा अगाडी नेपाली कांग्रेसका आङदेम्बे १ सय ३५ मतले अगाडी थिए ।
आरुबोटे मावी मिक्लाजुङ ५, टिका भैरुङ फाल्गुनन्द ५ र हिलिहाङ ३ को साम्रे आ.वि. को मत गणना सम्पन्न हुदा पुन नेम्वाङले आङदेम्बेलाइ १३ मतले पछाडी पारेका हुन् ।