नवमीडाँडाको मत गणना संगै आङदेम्बेले लिए अग्रता

पाँचथर, पाँचथरको प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेले अग्रता लिएका छन् ।

१ सय ३५ मतले आङदेम्बे अगाडी बढेका हुन् । यो भन्दा अगाडी बसन्त नेम्वाङको अग्रता रहेको थियो ।

३ पटक को गणना सम्म निरन्तर अगाडी रहेका नेम्वाङलाइ नवमीडाँडाको सुर्केनागी मतदान केन्द्र, युवा बर्ष सप्तमी र दुर्गा मावी रवी बजारको मत गणना सम्पन्न हुँदा आङदेम्बेले १ सय ३५ मतले अग्रता कायम गरेका हुन् ।

अहिले आरुबोटे मावी मिक्लाजुङ ५, टिका भैरुङ फाल्गुनन्द ५ र हिलिहाङ ३ को साम्रे आ.वि. को मत गणनाको लागी सर्टिङ भैरहेको छ ।

 

पुरा जिल्लाको विवरण हेर्नुहोस 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार