पाँचथरको मतदानस्थल नजिक पटक पटक बम विष्फोट

पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ ।

मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै पटक पटक बम विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन ।

सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभएपनि मतदान प्रक्रिया भने अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विस्फोटको खबर आए लगत्तै सदरमुकामबाट सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार