गगन थापाकै सहयोगले धेरै उपलब्धीहरु प्राप्त भए, उहाँलाई मत दिनुस्: गोविन्द केसी

डाक्टर गोविन्द केसीले नेपाली कांग्रेसमा महामन्त्री तथा काठमाडौं–४ का उम्मेदवार गगन थापालाई जितको शुभकामना दिनुभएको छ ।

केसीले एक भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको बताउँदै थापाको लागि मतसमेत माग्नुभएको छ । धेरै उपलब्धीहरु थापाको सहयोगकै कारण प्राप्त भएको बताउँदै डा. केसीले गगन थापा र उहाँजस्तै चरित्र भएका सबै युवा नेतालाई शुभकामना दिनुभएको हो ।

आफ्नो विवेकमा उभिएर बोल्ने र त्यसमै अडिग रहन सक्ने युवा नेताहरुको सानो सूची रहेको भन्दै उनले गगन थापा उक्त सूचीको अग्रपंक्तिमा रहेको पनि बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार