
क्रिकेटर सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइँदैछ । लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको हो । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका थिए ।
पहिलो पटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो भने दोस्रो पटक असोज २७ गते उपस्थित गराइएको थियो । असोज २७ गते ५ दिनका लागि म्याद थप गरी अनुसन्धान गर्न अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो । असोज २४ गते
अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए ।