आङदेम्बेका सपना फिदिम-लब्रेकुटि केबलकार, फिदिममा यातायात ब्यावस्था कार्यालय देखी तमोर करिडोरमा औधोगिक जोन सम्म

पाँचथर ।। पाँचथरबाट संंघिय संसदमा उम्मेद्वारी दर्ता गराएका भिष्मराज आङदेम्बेले पाँचथरको विकासको लागि आफुसंग स्पष्ट खाका रहेको बताएका छन् ।

पाँचथरको विकासको लागि यो पटक आफुले जित्नै पर्ने उनको दावी रहेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका आङदेम्बे नेपाली कांग्रेसका सहमहामन्त्री समेत हुन् । कांग्रेसको केन्द्रिय पदाधिकारीमा बलियो उपस्थिती जनाएका आङदेम्बेले यो पटक चुनाव जिते जिम्मेवार मन्त्रालय पाउने र पाँचथरको विकास र समृद्धिमा ठुलो बजेट भित्राउन सक्ने तर्क गरे ।

आफुले संविधान सभा सदस्यको हैसियतमा संविधान निर्माणमा महत्वपुर्ण योगदान दिएको बताउदै विकास र निर्माणको काम गर्ने ठाउँमा हाल सम्म नपुगेको र पाँचथरे जनताले सोचेअनुरुप काम गर्न नसेकको सुनाउदै यो पल्ट त्यो अवसर आएको उनको दावी छ ।

तमोर करिडोर पुर्ण रुपमा सञ्चालन भएपछि फिदिम बजारलाइ त्यसबाट पर्ने असर न्युनिकरण गर्न फिदिममा पर्यटक भित्राउन आफुसंग स्पष्ट योजना रहेको आङदेम्बेले बताए ।

किराँत समुदायको धार्मिक आस्थाको केन्द्र लब्रेकुटी सिलौटीमा बार्षिक १५ हजार पर्यटक भित्राउने गरि संरचना निर्माण गरिने र त्यसलाइ जनघनत्व संग जोड्न फिदिम—लब्रेकुटी केबलकार सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

फिदिम नजिकै बञ्जि जम्प, रक क्लाइम्बिङको स्थापना र तमोरको ¥याफटिङको थप प्रचार प्रसार गरि थप ब्यवस्थित गर्दै पाँचथरका विभिन्न रुटहरुमा साइक्लिङ लगायतका साहसिक खेलहरुको विकास गर्ने लक्ष्य रहेको आङदेम्बेले बताए ।

निर्माणधिन तमोर करिडोरलाई छिटो सम्पन्न गरि त्यस क्षेत्रलाइ औधागिक जोनको रुपमा विकास गर्न सके चिनबाट आयात हुने कच्चा पदार्थको पाँचथरमै तयारी बस्तु बनी अन्त जाँदा यहाँ ठुलो रोजगारीको सम्भावना र आर्थिक उन्नतीको सम्भावना रहेको भन्दै त्यसमा लागि पर्ने प्रतिवद्धता आङदेम्बेको छ ।

हरेक स्थानीय तहको केन्द्र सम्म कालोपत्रे र वडा सम्म बाह्रै महिना सवारी सञ्चालन योेग्य सडक बनाउने, पाँचथरका सबै घरमा विद्युतिकरण गर्न, खानेपानीको प्रवन्ध गर्ने जस्ता नागरिकको दैनिकी संग जोडिएका विषयमा पालिका र प्रदेश संगको समन्यवमा काम गरिने बताउदै संघिय सरकार मार्फत ठुला र महत्वपुर्ण योजना सञ्चालन गर्ने  लक्ष्य रहेको आङदेम्बेले सुनाए ।

राँके रवी भेडेटार सडक पुरा गर्ने, जिल्ला अस्पतालमा सुविधा थप गरि दक्ष चिकित्सकको ब्यबस्था, पाँचथरमा मेडिकल कलेजको सम्भाव्यता अध्ययन, तमोर जलाशयुत्त आयोजनाको वास्तविक अवस्था पत्ता लाइ सुरु गर्न पहल,  फिदिममा आन्तरिक राजश्व कार्यालय तथा यातायात ब्यावस्था कार्यालय स्थापना गर्ने, आवश्यक स्थानमा प्रहरी चौकी र सबै सामुदायिक विद्यालयमा प्रविधी मैत्री शिक्षण सिकाइको ब्यवस्था गर्ने लगायतका काम ५ बर्षमा सम्पन्न गर्ने आङदेम्बे सुनाउछन् ।

धेरै स—सना कामहरु भन्दा पनि जिल्लाको अर्थतन्त्र संग जोडिएका “गेम चेञ्जर” प्रोजेक्टहरु पाँचबर्षमा पुरा गर्ने र केही महत्वपूर्ण योजनाहरुको थालनि गर्ने आफ्नो सपना रहेको भन्दै त्यसलाइ पुरा गर्न बर्तमान सत्तारुढ गठबन्धनकै नेतृत्वमा आगामी ५ बर्ष सरकार सञ्चालन हुने बताउदै आङदेम्बेले पाँचथरबासी नागरिकलाइ आफुलाइ र गठबन्धनका सबै उम्मेद्वारलाइ मतदान गर्न समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार