सर्वोच्च अदालत दसैँ बिदाको समयमा पनि खुल्ने

सर्वोच्च अदालत दसैँ बिदाको समयमा समेत खुला रहने भएको छ ।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने छ । दसैँको अवसरमा घटस्थापनादेखि असोज २३ गते कोजाग्रत पूर्णिमासम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न अदालत खुला हुने सर्वाेच्चका प्रवक्ता विमल पौडेलले बताउनुभयो ।

उहाँका अनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम सो अवधिमा पर्ने घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरण रिट निवेदन सुनुवाइ हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार