गठबन्धनको बैठक आज बस्दै

सत्तारुढ गठबन्धनको बैठक आज शनिवार बस्दै छ । हिजो शुक्रबार शीर्ष नेताहरुको कार्यव्यस्ताका कारण बैठक बस्न सकेन । अब आज अपरान्ह ४ बजे बैठक बस्ने नेताहरुले बताएका छन् ।

सिट बाँडफाँट टुंगो लगाउन हिजो दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यहरुको बैठक बोलाइएको थियो । तर नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा इन्द्रजात्रामा सहभागी हुन जानुपर्ने थियो भने गृह जिल्ला रौतहट पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं आइपुग्नुभएन ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि जनकपुर जानुपर्ने भएपछि बालुवाटारमा पुगेका नेताहरु आज बस्ने गरेर नेताहरु उठेका एक नेताले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार