पाँचथर ।। फरक क्षमता भएकी नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाकी बोल्न र लेख्न नसक्ने बालिकालाई बलात्कार गरेको अभियोगमा फाल्गुनन्द–७ का १९ वर्षीय एमन सिवालाई जिल्ला प्रहरी कार्यालय पाँचथर ले नियन्त्रण लिएको छ ।
असार ३२ गते उनकी आमाले बाटोमा रगतपक्ष अवस्थामा फेला पारेकी थिइन् । भोलिपल्ट बालिकाको परिवारले स्थानीय स्वास्थ्यकर्मीलाई देखाउँदा उनीमाथि बलात्कार भएको वताएपछि परिवारले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा फाल्गुनन्द–७ का १९ वर्षीय एमन सिवाले बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सिवालाई बुधवार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा पाँचथर जिल्ला अदालतबाट म्याद लिई गरी अनुसन्धान थालिएको पाँचथर प्रहरीले जनाएको छ ।