सोमबार सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झण्डै १८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.९३ अंकले घटेर दुई हजार ३५८.८१ मा ओर्लिएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३४ अंकले ओरालो लागेर ४५१.१९ मा ओर्लिएको छ ।
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम समेत घटेको छ । २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ मूल्यमा खरिद बिक्री भए।
कारोबार भएका १३ उपसमूह मध्ये सोमबार २ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको भने ११ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।
उत्पादन १९४.८१ र लघुवित्त ६.३५ अंकले बढेको छ । नेप्सेका अनुसार गोर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीको सेयर मूल्यमा पाजेटिभ सर्किट लागेको छ ।