फाल्गुनन्द जयन्तीमा राष्ट्रपतिको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी १३७ फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपतिले सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुशरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार