
मुगुमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । खत्याड गाउँपालिका ६ रास्कोटी बाडाका बाँचे शाहीकी छोरी अन्दाजी १८ वर्षीया मण्डला शाही मृत अवस्थामा फेला परेकी हुन् ।
घरभन्दा करिव ५०० मिटर पर रूखमा झुण्डिएको अवस्था मण्डला फेला परेको प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए ।
उनका अनुसार घरबाट हराएको जानकारी परिवारले दिएपछि माँझचौरबाट खटिएको प्रहरी टोलीले खोजखबर गर्दा मंगलबार उनी मृत अवस्था फेला परेकी थिइन् । थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट केही सुरक्षाकर्मी पठाइएको उनले बताए ।