पाल्पाको एक सामुदायिक वनमा पुरुषको शव फेला ६ कार्तिक २०७८, शनिबार ०७:०७ पाल्पाको एक सामुदायिक वनमा ३९ वर्षीय पुरुषको शव फेला परेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–८ स्थित ताल्तुङ्ग रानीवन सामुदायिक वनमा स्थानीय ३९ वर्षीय नुर बहादुर सुर्यवंशीको शव फेला परेको हो । सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।