श्रीमतीको ह*त्या गरेको आरोपमा श्रीमान् पक्राउ

प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्‍या गरेको आरोपमा बाँकेमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार