इन्धनको मूल्य वृद्धिको बाहानामा उपभोग्य वस्तुको औषत मूल्य वृद्धिदर १० प्रतिशतसम्म बढेको छ ।
पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन्।
यी हुन ललितपुरकि सरिता चौलागाई, अहिले काठमाण्डौ महानगरपालिका १० भिमसेनगोला नया बानेश्वरमा ४ जनाको परिवार सहित घर भाडामा बस्छिन्।
केहि महिना अघि सम्म १५० रुपैयामा खाने तेल किनेकी उनले अहिले २७० सम्म तिर्दा आक्रोशित छिन। तेल मात्र हैन अहिले उपभोक्ताले दैनिक उपभोग गर्ने बस्तुको मूल्य अस्वभाविक बढेको छ ।
घर भान्छामा दैनिक प्रयोग हुने खानेतेल, चामल, तरकारी, माछा मासु, गेडागुडी लगायतका खाद्यान्न सामग्रीको मूल्य बृद्धिका कारण उनीहरुको भान्छा महँगो भएको हो ।
केहि महिना अघि सम्म प्रतिलिटर १५० पर्ने खाने तेल अहिले २७० सम्म पुगेको छ । १५५० मा कारोबार हुने चामल अहिले प्रतिबोरा १७५० सम्म पुगेको छ । दाल ३० प्रतिशत सम्म बढेको ब्यापारीको भनाइ छ ।
महँगी बढ्दा पनि सरकारले बजार अनुगमनलाई प्रभावाकरी बनाउँन सकेको छैन । खानेतेल, घ्यू, दाल, तरकारी, गेडागुडी तथा फलफूलजन्य बस्तुको मूल्य करिव २० प्रतिशतले बृद्धि भएको छ ।
सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दा व्यापारीहरुलाई मूल्य बढाउने बहाँना भएको छ । सरकारले बजारलाई कडाई गर्न नसक्दा पनि बजार भाउँ अकासिएको उपभोक्ताकर्मिको गुनासो छ ।
व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय भने मौन देखिएका छन् ।
बिचौलियाहरू हावी भएर तरकारी तथा अन्य उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि गरेर कालोबजारी हुँदासमेत सरकारी निकायले सशक्त रूपमा अनुगमन गर्न नसकेको गुनासो बढ्दो छ ।
महँगी नियन्त्रण हुन नसक्दा वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतको वाणिज्य विभागको भूमिकामाथि नै प्रश्न सिर्जना भएको छ ।
दैनिक भान्सामा प्रयोग हुने सामनाको मूल्य बढ्दा समेत सरकारी अधिकारी तथा उपभोक्ताबादी मौन बस्दा थप शंका उब्जिएको छ । stv