मंगलवार पाँचथरमा ४२ जनामा कोरोना संक्रमण पुष्टी

ज्योती भण्डारी ।। पाँचथर जिल्लामा मंगलवार ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

११५ जनाको एन्टिजेन परिक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रसाशन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ९ सय ३ जना संक्रमित भैसकेका छन् ।

कोरोनाको दोश्रो लहरमा पाँचथरमा ३ हजार ३ सय ५६ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।

हाल जिल्ला अस्पतालको HDU मा १९ जना र आइसोलेसनमा १ गरी जम्मा २० जनाको उपचार भैरहेको छ भने संक्रमित मध्ये ४ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् ।

पुरा विवरण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार