हाँस्य कलाकार ‘बखते’ को कोरोना संक्रमणबाट निधन

काठमाडौं।। विभिन्न टेलिफिल्ममा अभिनय गरेका हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना संक्रमणका कारण शनिबार बिहान निधन भएको छ ।

झण्डै एक महिनादेखि पाटन अस्पतालमा उपचाररत ६४ वर्षे थापाको शनिबार बिहान ४ः४० मा निधन भएको हो ।

थापाले टेलिफिल्म ‘हल्का रमाइलो’, ‘गोलमाल’, ‘भद्रगोल’, ‘मह सञ्चार’, ‘मेरी बास्सै’लगायतका टेलिफिल्ममा अभिनय गरेका थिए ।

उनले केही टेलिभिजन र विज्ञापनमा समेत अभिनय गरेका थिए । उनको परिवारमा श्रीमति, एक छोरो र एक छोरी छन् । सामाजिक सञ्जालमार्फत कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार