पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना पुष्टि, २,३८२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । भने ३० जनाको मृत्यु भएको छ ।

अवधिमा थप २ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् । १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ । कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । ज्यान गुमाउनेको संख्या १० हजार ४८५ जना छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार