निराजन निराैला
अधिकतम मानिसको सफरको संगि बनेको छ सामाजिक संजाल । प्रतक्ष साथि होस या नहोस तर हातमा एउटा मोबाइल, मोबाइलमा नेट्वर्क अनि कानमा इयरफोन भए त्यो यात्रा जति रमाइलो केहि हुदैन अचेलका मानिसमा । चाहे यात्रा गाडीको होस चाहे पैदल यात्रा जुनै सफरमा पनि एउटा भरपर्दो माध्यम वनेको छ समाजिक संजाल ।
समाजिक संजाल वास्तवमा अति नै सहज र सरल माध्यम हो । नपालको सन्दर्भमा करिब ८० लाख नागरिकले प्रयोग गर्ने गरेको फेसबुक करिब २० लाखले प्रयोग गर्ने गरेको ट्विटर करिब १० लाखले प्रयोग गर्ने गरेको इन्स्टा लगायतका सामाजिक संजालले देश हल्लाएको छ । ग्रामिण भेगमा भएका गतिविधि देखि लिएर, देश तथा विदेशमा भएका गतिबिधिहरु तत्कालै थाहा पाउने भरपर्दो माध्यम भनेकै सामाजिक संजाल हो । यसैको प्रयोग गरेर कत्तिले त आफ्नो जिविकोपार्जन समेत गरेका छन भने कत्तिको घरवार मात्र हैन पुरै जीन्दगि नै सखाप भएका घटनाहरु हामी यही समाजिक संजालमा देख्ने सुन्ने र हेर्ने गरेका छौँ ।
पछिल्लो समय यस्को प्रभाव यति सम्म परेको छ कि कहिले काँही घरमा लफडा पनि निम्त्याउछ । किचनमा गएकि नारीको साथमा चामल सब्जी हुनको साटो हातमा मोबाइल अनि अगाडी टिकटक हुन्छ । सामान्यतया खुरु खुरु किचनको काम गर्ने हो भने ढिलोमा पनि एक घण्टामा खाना, सब्जी, दाल र चट्नी तयार भइ सक्छ तर जब हातमा मोबाइल अनि साथमा टिकटक, फेसबुक हुन्छ त्यो एक घण्टाको समय त पाँच मिनेटमा वितेको आभास भइ दिन्छ ।
यसरी समग्रमा हेर्ने हो भने सामाजिक संजाल वालवालिका देखि लिएर वुडापाका सम्मको एक लोक पृय सारथी वनेको छ । यति सम्म लोकपृय बन्न पुगो कि आजकलका वालवालिका लाइ खान खुवाउन को खाइ को खाइ भनि राख्नै पर्दैन एउटा मोवाइल उनिहरुको साथमा भयो र काटुन हेर्न थाले भने पत्तै नपाइ खाना खाइ सक्छन भने एक्लै वस्न दिक्क मानेका हजुरवुवा आमाको साथमा एउटा मोवाइल त्यसमा मिठा मिठा भजन लगाइ दिने हो भने उहाँहरुको पनि आरामले दिन वित्छ ।
परिवर्तनशिल समयसँगै मानवको जीवनशैली पनि परिवर्तन हुन जरुरी छ । विकाससँगै जोडिएको विज्ञान र प्रविधिले समयलाइ व्यस्त वनाउन सहयोग गरेको छ । कत्तिले यही प्रविधिलाइ सदुपयोग गरेर जीन्दगि व्यस्त वनाएका छन त कत्तिले दुरुपयोग गरेर जीन्दगि नै नष्ट पनि वनाएका छन तसर्थ सामाजिक संजाल एउटा यस्तो प्रविधि हो जस्मा आफैँमा शिखरको चुलि पनि छ भने आँफैमा खाडल पनि छ । अब हाम्रै रोजाइ यस्को प्रयोग गरेर शिखर चड्ने या खाडल झर्ने……..।