काठमाडौँ । कोभिड विरुद्धको खोप अभियानअन्तर्गत आदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका अनुसार यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खा आजदेखि दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतले भुटानबाट खोप आइसकेकोले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिनुभयो ।
उहाँले जापानबाट आएको र भुटानबाट आएको खोप लगाइने बताउनुभयो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइने जानकारी दिनुभयो ।
उहाँले काठमाडौँमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताउनुभयो ।ख