
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला भरी गरिएको ७४ जनाको एण्टिजेन परिक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ४ सय ५८ जना संक्रमित भैसकेका छन् ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार ८ सय ५० जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा १९ जनाको को उपचार भैरहेको छ भने संक्रमित मध्ये ५ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् ।
पुरा विवरण