जापान सरकारले दिएको अस्ट्राजेनेका खोपको दोस्रो खेप आज काठमाडौं आइपुग्दैछ।
पहिलो चरणमा जापानले पठाएको ८ लाख डोजमध्ये हिजो पहिलो खेपमा ५ लाख र आज झण्डै ३ लाख डोज खोप काठमाडौं आइपुग्न लागेको स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए।
खोप लिएर कतार एयरको जहाज बिहान पौने १० बजे काठमाडौं पुग्नेछ। जापानले कोभ्याक्स सुविधामा दिने भनेको १६ लाख डोज खोपमध्ये बाँकी ८ लाख डोज अर्को साता काठमाडौं आइपुग्ने मन्त्रालयले जनाएको छ।
जापानले दिएको अष्ट्राजेनेका खोप भोलि देखि लगाउन सुरु हुनेछ। यो खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ।