चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन्।
विभिन्न पाँच बुँदे माग राख्दै केसीले भदौ ३ गतेदेखि सत्याग्रह थाल्ने घोषणा गरेका हुन्। केसीले शुक्रबार विज्ञप्ति जारी गरी आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।
केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने लगायतमा माग राखेका छन् ।