शेयर बजारमा फेरि नयाँ रेकर्ड, साढें १५ अर्ब माथिको कारोबार

बुधबार पनि शेयर बजार परिसूचक नयाँ उचाइमा पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर ३१ सय २३ को उचाइमा पुग्यो ।

कारोबार पनि उच्चनै साढें १५ अर्ब माथि रह्यो । यस दिन आधा भन्दा बढी समूह रातो रहँदा पनि नेप्सेमा दोहोरो अंकको बृद्धि आयो । यस दिन जलविद्युत, वित्त, विकास बैंक र उत्पादनमूलक समूह र लगानी समूह सकारात्मक रहे ।

जलविद्युत समूकमा १ सय ९४ अंकको उच्च बृद्धि आयो । जलविद्युत, वित्त र विकास बैंक समूह पनि दोहोरो अंकले उकालो लागे । वाणिज्य बैंक समूह सामान्य अंकले हरियो रह्यो ।

अरु समूह ओरालो लागे । लघुवित्त समूहमा सबैभन्दा उच्च १ सय २६ अंकको गिरावट आयो । निर्जीबन बीमा समूह पनि ८२ अंकले ओरालो लाग्दा अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको २ करोड ८८ लाख कित्ता शेयर १५ अर्ब ६० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
Imagekhabar बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार