प्रभुराम शर्मा २६ साउनदेखि कायममुकायम प्रधानसेनापति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागु हुनेगरी प्रभुराम शर्मालाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गरेको विज्ञप्तिमा बलाधिकृत रथी शर्मालाई सरकारले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार सिफारिस गरेकोमा आइतबार त्यसलाई सदर गर्ने निणर्य लिनुभएको हो ।

प्रधानसेनापति पूणर्चन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुँदैछ । साथै, उहाँ साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले राष्ट्रपतिले कायम मुकायम तोक्नुभएको हो । एक महिनापछि शर्मा नै प्रधान सेनापति बन्नुहुनेछ ।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निणर्य गरेको थियो । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हाल्नुभएको छ ।

भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गरेका शर्मा ‘एक्सनम्यान’का रुपमा पनि परिचित हुनुहुन्छ । उहाँ सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार