ड्यूटीमा खटिएका प्रहरीलाई रड प्रहान्न खोज्ने एक पक्राउ

काठमाडौँ ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–९ च्यामासिंहमा ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा सोही ठाउँ बस्ने सल्यान घर भएका २२ वर्षीय अजय राउतलाई शनिबार बिहान पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएका प्रहरीलाई अचानक रड प्रहार गर्न खोजेपछि उनलाई रड सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अहिले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार