आजको मौसम : यस्तो छ तीन दिनको पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका चार वटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । अहिले देशका विभिन्न स्थानमा स्थानमा वर्षा जारी रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो वाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ ।

यो क्रम बिहीबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

‘धेरै भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ,’ महाशाखाले बिहान जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

साउन ५ गते मंगलबार

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी÷धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राति ः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी ÷धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

साउन ६ गते बुधबार

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी÷ धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राति ः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन ७ गते बिहीबार

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति ः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार