श्रिमतीको ह*त्या गरि श्रिमान फरार

घरायसी विवादका कारण झापामा श्रिमानले श्रिमतीको हत्या गरेका छन् । झापाको गौराहदमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको हो ।

कुटपिटबाट मृत्यु हुनेमा मोरङ रङ्गेली नगरापालिका- ९ बेलगाछी घर भई झापा गौरादह नगरपालिका- १ गेयुरिया बस्ने ४० वर्षीया सङ्गीता टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार सङ्गीताको शव गौरादह- १ स्थित उधिम कृषि सहकारीले खेतमा बनाएको टहरामा बिहीबार बिहान फेला परेको हो ।

प्रहरीका अनुसार ३९ वर्षीय उत्तिम ऋषिदेव र सङ्गीताबीच घरायसी विवाद भएको खुलेको छ।

कुटपिटका क्रममा उनको सोही टहरामा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए। घटनामा संलग्न उत्तिम फरार रहेकोले खोजी कार्य तीव्र पारिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार