
कञ्चनपुरमा भान्जाको कुटाइबाट मामाको मृत्यु भएको छ । भीमदत्त नगरपलिका १० का ४२ वर्षीय वीरराम लुहारलाई हिजोराति उनकै भान्जाले कुटेर मारेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेका अनुसार २२ वर्षका गिरधारी लुहारले सामान्य विवादपछि वीरराममाथि कुटपिट गरेका थिए ।
घट्नालगत्तै उनलाई महाकाली प्रादेशिक अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषण गरेको प्रहरी उपरीक्षक न्यौपानेले बताए । गिरधारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।