५ वटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

साताको अन्तिम कारोबार दिन बजार खुलेको डेढ घण्टाको कारोबार अवधिमा अधिकांश जलविद्युत् कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।

बजार खुलेको डेढ घण्टामा कारोबारमा आएका २१३ वटा कम्पनीमध्ये ५ वटा जलविद्युत् कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।

रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ६७ प्रतिशत, ङादी ग्रुप पावर कम्पनीको ७ दशमलव ४९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ७ दशमलव २९ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ६ दशमलव ४६ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ६ दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको हो ।

यी पाँचवटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार