अभिनेत्री जेनीकुँवरद्वारा आत्मह*त्या

पाँचथर ।। अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । कुँवरले काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे आत्महत्या गरेकी हुन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले कुँवरको शव अपार्टमेन्टमा भेटिएको जानकार दिएका छन् ।

कुँवरले ‘जिन्दगानी’, ‘मैदान’, ‘जीवनदाता’, ‘कानुन’, ‘अभिमन्यु’, ‘विन्तिपत्र’, ‘मलाई माफ गरिदेऊ’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी फिल्म ‘घायल’ र ‘हलचल’ की निर्मात्री पनि हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार