२२ जनाको परिक्षणमा १२ जनामा संक्रमण पुष्टी

ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको २२ जनाको एण्टिजेन परिक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा २ हजार ३ सय ४६ जना संक्रमित भैसकेका छन् ।

कोरोनाको दोश्रो लहरमा पाँचथरमा १ हजार ९ सय ९१ जनाले कोरोना जितेका छन भने २८ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।

हाल जिल्ला अस्पतालको HDU मा १५ जनाको उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

संक्रमित मध्ये ३ सय १ जना होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा आज ४८ जनाको PCR परिक्षणको लागि स्वाव संकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार