पाँचथर ।। फिदिम ४ जोरसालमा भएको ह’त्या का’ण्डको आरोपमा प्रहरीले १ जनालाइ पक्राउ गरेको छ ।
गत जेष्ठ २९ गते भूपू भारतिय सैनिक टेक बहादुर इङवाको आफ्नै घरमा विभत्स रुपमा ह’त्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
ह’त्या आरोपमा पक्राउ परेका ब्यक्तिले घटना आफुले घटाएको समेत स्विकारि सकेको प्रहरीले जनाएको छ ।
मृतक टेकबहादुर को जग्गाको सिमानामा विवादको क्रममा हत्या भएको निष्कर्शमा प्रहरी पुगेको छ ।
फिदिम २ पल्लोटार निवासी जीव नारायण श्रेष्ठले आफुले ह’त्या गरेको स्विकारेको प्रहरीले जनाएको छ ।
मृ’तक टेकबहादुर संग जग्गाको सााँध सिमानाको विषयमा पटक-पटक झगडा हुदै आएको र घ’टना भएको दिन समेत दिनको १२:३० बजको समयमा खेतमा मा व्याड राख्न जााँदा खेतमा पानी लगउने विषयमा झगडा भएको साथै सोहि साँझ ७:३० बजको समयमा श्रेष्ठ पुन : कुलोमा पानी लगाईन जाँदा टेकबहादुरले पानी आफ्नो तर्फ लगाएको पाएपछी रिसको आवेगमा आइ ह’त्या गरेको श्रेष्ठले स्विकार गरेको प्रहरीले जनाएको छ ।
यसरी घ’टना हुदा पहिले बाम्फोकले अनुहारमा हानेको र पछी फलामको पाइप (सोते) ले टाउकोमा समेत प्रहार गरेको श्रेष्ठले प्रहरीलाइ बताएका छन् ।
प्रहार गरे पश्चात उनी त्यहाँबाट भागेका थिए ।
प्रहरीले उनको साथबाट घटनाको समयमा लगाएका कपडाहरु, घटनामा प्रयोग भएको बाम्फोक र सोते समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
यसरी प्राप्त सामाग्रीहरुलाइ थप अनुसन्धानको लागि प्रयोगशालामा पठाइएको समेत प्रहरीले जनाएको छ ।
यस्तो थियो घटना :