२२ बर्षीया सुजिता भण्डारीको शव जंगलमा भेटियो

चितवनको राप्ती नगरपालिकामा ९ दिन देखि हराइरहेकी एक युवतीको शव फेला परेको छ। आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनमा युवतीको शव फेला परेको हो।

उक्त शव राप्ती नगरपालिका ३ की २२ बर्षीया सुजिता भण्डारीको रहेको परिवारका सदस्यले बताएका छन्। शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।

जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन्। एक सातादेखि केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार