
काठमडाौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्दै छन् ।
गएको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीको बहस सकिएपछि यो मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
सभामुख सापकोटा तर्फका कानुन व्यवसायीहरुका लागि दुई घण्टा समय तोकिएको छ । सभामुख सापकोटातर्फका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदकका कानुन व्यवसायीले ३ घण्टा जवाफी बहस गर्नेछन् ।
यस्तै एमिकस क्युरीमा रहेका चार सदस्यले अन्तिममा आफ्नो राय प्रस्तुत गर्नेछन् । उनीहरुका लागि ३०/३० मिनेट गरेर जम्मा दुई घण्टाको समय छुट्याइएको छ ।