
काठमाडौ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ ।
देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको जानकारी दिँदै महाशाखाले तराई भू(भागनजिक मनसुनी न्यूनचापीय रेखा रहेको जनाएको छ । अहिले देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा पानी परिरहेको जनाएको छ ।
भोलि देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्न सक्ने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आइतबार देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।