ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज ४५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको ९४ एण्टिजेन परिक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा २ हजार १ सय ५ जना संक्रमित भैसकेका छन् । कोरोनाको दोश्रो लहरमा पाँचथरमा १ हजार ५ सय ५५ जनाले कोरोना जितेका छन भने २६ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा ८ जनाको उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।