घरमै सुत्केरी हुँदा २४ वर्षीया महिलाको ज्यान ग’यो

१२ असार, जाजरकोट । जाजरकोटको ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृ’त्यु भएको छ ।

स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुभएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृ’त्यु भएको स्थानीय लक्ष्मीचन्द्र कार्कीको भनाइ छ ।

शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको बताइएको छ ।

सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार