रुपालाइ कोठा नदिने घरबेटी रिहा

काठमाण्डौ ।। दलित जातकी यूवतिलाइ कोठा निदएका कारण प्रकाउ परेकी सरस्वती प्रधान रिहा भएको छिन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा उनि पक्राउ परेकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए। यसअघि प्रहरीले घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेर अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो।

सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको प्रहरी श्रोतले बतायो ।

कोठा भाडामा माग्न जाँदा सुरुमा दिने भनेको र सबै कुरा भएको तर जातको कुरा आएपछी पछि खबर गर्छु है भन्दै घरबेटीले कोठा नदिएको रुपाको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार