
पाँचथर ।। पाँचथरको फालेलुङ ७ का एक ३२ बर्षिय पुरुषको कोभिडका कारण ज्यान गएको छ ।
सुरुमा उनलाइ एण्टिनबाट कोरोना पुष्टि भएको थियो । सोहि दिननै स्वास्थ्यकर्मीले उनलाइ अस्पताल भर्ना गरेका थिए । ‘उहा घरमै बस्न जबरजस्ति गरिरहनुभएको थियो, तर उहाँको अवस्था अस्पतालनै बस्नु पर्ने भएका कारण हामिले अस्पताल राखेका थियौ’ स्वास्थ्यकर्मीले सुनाए ।
१ रात अस्पताल बसेपछी उनि “यो कोरोना सोरोना केही हैन, म घर जान्छु” भन्दै स्वास्थ्य कर्मीको आग्रहलाइ समेत नमानी घर फर्कीएको स्वास्थ्य कर्मी बताउछन् । पुन : केहि दिन पछी आएर उनले PCR परिक्षण गराएको र PCR मा समेत नतिजा पोजेटिभ आएको थियो ।
PCR मा नतिजा पोजेटिभ आउदा समेत उनि अस्पतालको संम्पर्कमा नआएको स्वास्थ्य कर्मी सुनाउछन् ।
अचानक हिजो अक्सिजन लेभल ५० भन्दा मुनी भए पछी उनी दिनक ३-४ बजेतिर अस्पताल आइपुगेको स्वास्थ्य कर्मीले जानकारी दिए ।
“उहाँलाइ भेन्टिलेटरको आवश्कता पर्न सक्छ थप उपचारको लागि सुविधा सम्पन्न ठाउमा लैजानुहोस” भनेर अस्पताल श्रोतले भनेको र लैजाने विषयमा पारिवारीक सरसल्लाह हुदै गर्दा राती ९ बजेर ५० मिनेट जाँदा उनको मृ’त्यु भएको अस्पताल श्रोतले बतायो ।