कोरोना संक्रमणबाट फाल्गुनन्दका ७४ वर्षिय वृद्धको मृ’त्यु

युद्धबहादुर बोहोरा ।। पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ फाक्तेप स्थित डाँडागाँउ निवासी ७४ वर्षिय एक वृद्धको कोरोना संक्रमणबाट मृ’त्यु भएको छ ।

मंगलबार विहान उनको स्वास्थ्यमा समस्या आएपछि विर्तामोडको विर्तासीटी हस्पिटल लगिएको थियो ।

विगत लामो समय देखि दम र उच्च रक्तचापको समस्याबाट ग्रसित उनलाई हस्पिटलमा जाँच गर्दा अक्सिजन लेवल कम र कोरोना पोजेटिभ देखिएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर थप उपचार हुने क्रममा विहिवार विहान ७ बजे उनको निधन भएको मृतकको पारिवारिक श्रोतले जानकारी दियो ।

उनका अनुसार शवलाई आजै झापाको माइखोलको घाटमा नेपाली सेनाको टाेलीद्वारा अन्त्येष्टि गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार