फाल्गुनन्द ५ मा २७ जना संक्रमित थपिए

नयाँ कुरो समाचार ।। फाल्गुनन्द ५ फाक्तेपमा २७ जना कोरोना संक्रमित थपिएका छन् ।

अहिले विहान गरिएको ९८ जनाको एण्टिजेन परिक्षणमा २७ जनामा संक्रमण देखिएको गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र भट्टराइले जानकारी दिनुभयो ।

हिजो अपराहान्न गाउँपालिमा  १० बर्षिय बालक सहित ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

हिजो भेटिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङको क्रममा आज सो संख्याका संक्रमित भेटिएको सुचना अधिकारी भट्टराइले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार