सिन्धुपाल्चोकको बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न सभामुखको अपील

काठमाडौं ।। सिन्धुपाल्चोकको बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न सभामुख अग्निप्रसाद सापकोटाले अपील गर्नुभएको छ ।

सभामुख सापकोटाले पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहतका लागि जुट्न सबै पक्षलाई अपील गर्नुभएको हो ।

सभामुख सापकोटाको गृह सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा मंगलबार रातिको बाढी र पहिरोबाट ७ जनाको मृत्यु भएको छ । हराइरहेकाहरूको खोजी जारी छ ।

‘सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध छु । विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ सापकोटाले भन्नुभएको छ ।

सापकोटा स्थलमार्ग हुँदै आजै सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार